omg,,,निर्मला पन्त प्रकरणमा नयाँ रहस्य , मुद्दा दर्ता भएपछी एसपी बिस्ट र डिएसपी जिसि फरार,,,

काठमाडौं, २४ फागुन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई कुटपिट गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि तत्कालीन एसपी डिल्लीराज विष्ट र डीएसपी अंगुर जीसी फरार भएका छन् ।<
विष्ट र जिसी दोस्रो दिन पनि बिहीबार अदालतमा उपस्थित भएनन् । उनीहरुलाई प्रहरीले फरार श्रेणीमा राखेको छ । बिहीबार कञ्चनपुरका तत्कालिन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काको बयान लिईएको छ । उनीहरुलाई प्रमाण नष्ट र यातना सम्बन्धी दुई मुद्दामा बयान लिनु पर्ने भएकोले बिहीबार समय अभावले पूरा बयान लिन नसकिएको अदालतले जनाएको छ । उनीहरुसहित अन्य चारजना प्रहरी हिरासतमा छन्
निर्मला हत्याका बेला कञ्चनपुरका प्रहरी प्रमुख रहेका र पछि बर्खास्तमा परेका एसपी विष्ट र नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सिआइबी)को टोलीका प्रमुखका रुपमा खटिएका डिएसपी जीसीलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन जिल्ला अदालतले आदेश जारी गरेको छ ।
साथै, बुधबार सरकारी वकिलको कार्यालयले निर्मला हत्याकाण्डको प्रमाण मेटाउन र निर्दोषलाई यातना दिई अभियुक्त बनाउन भूमिका गरेका आठजना प्रहरीविरुद्ध जिल्ला अदालतमा दायर गरेको मुद्दामा एमिकस क्यूरीको गठनको आदेश पनि अदालतले गरेको छ ।
एमिकस क्यूरी गठन प्रक्रियामा गए पनि अदालतले अभियुक्तहरुको बयान लिने क्रम जारी राखेको छ । अदालतमा दायर मुद्दाका अतिविशिष्ट पक्षबारे बुझ्न एमिकस क्यूरीको गठन गर्ने अदालती परम्परा छ ।
जिल्ला अदालतले जिल्ला अदालत र उच्च अदालतका बार एसोसियसनलाई एमिकस क्यूरीमा रहभागी हुने कानुन व्यवसायीको सूची माग गरेको छ । ती एसोसिएसनले सिफारिस गरेका कानुन व्यवसायीहरुले दिने रायका आधारमा अदालतले कारबाही अगाडि बढाउने छ ।
अदालतले एमिकस क्यूरीलाई तीनवटा विषयमा राय दिन सुझाएको छ । मुद्दाको हदम्याद, जाहेरी दिने व्यक्तिहरुको कानुनी हैसियत र अभियुक्तहरुविरुद्ध सोझै मुद्दा चलाइएको विषयमा क्यूरीले सुझाव दिनेछ । सुझाव सर्वसम्मत भए अदालत सोझै मुद्दामा प्रवेश गर्नेछ भने क्यूरीमै मत बाझिएमा बहस हुनेछ ।
क्यूरीले मुद्दाको हदम्याद सकिएको वा नसकिएको भन्नेबारेमा छलफल गर्नेछ । १० साउनमा घटना भएको थियो भने २२ फागुनमा मात्रै मुद्दा दर्ता गरिएको छ । एमिक्स क्यूरीले निर्मलाकी आमा दुर्गादेवी प्रमाण मेटाएको विषयमा र दिलिपसिंह विष्टका दाजु खड्ग विष्ट आफ्ना भाइलाई यातना दिएको विषयमा जाहेरी दिएका थिए । साथै, आठैजना अभियुक्तविरुद्ध मुद्दा दायर गर्दा विभागीय स्वीकृति लिन आवश्यक भए नभएको बारेमा पनि क्यूरीले सुझाउने छ ।

स्रोत- मिडिया एन पि

Leave a Reply

Your email address will not be published. Required fields are marked *